काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि अब १० वर्ष कायम भएको छ ।
सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गर्दै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५४ को उपदफा ३ संशोधन गरेको हो। संशोधनसँगै नयाँ जारी वा नवीकरण गरिने लाइसेन्सको वैधता अवधि ५ वर्षबाट बढाएर १० वर्ष बनाइएको छ। पहिले लाइसेन्स नवीकरण गरेपछि पुनः ५ वर्ष मात्र मान्य हुने व्यवस्था थियो।
अब भने नयाँ वा नवीकरण दुबै अवस्थामा लाइसेन्स १० वर्षसम्म मान्य हुनेछ। नयाँ कानुनी व्यवस्थाले प्रदूषण परीक्षण र सवारी जाँचपास सेवामा निजी क्षेत्रलाई समेत संलग्न हुने बाटो खुला गरेको छ।