काठमाडौं : लामो समयदेखि प्रतिक्षामा रहेको संघीय निजामती सेवा विधेयक मंगलबार राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ। विधेयक पारित भएपछि संघीय संरचनाअनुसार निजामती सेवाको कानुनी व्यवस्था कार्यान्वयनमा जाने बाटो खुलेको हो ।
मंगलबार दिउँसो बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले समितिको प्रतिवेदन पेस गरेकी थिइन्। सो बैठक १५ मिनेटका लागि स्थगित भएपछि बसेको दोस्रो बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले विधेयकमाथि छलफल गर्न प्रस्ताव गरिन्।
छलफलमा सांसद कृष्णबहादुर रोकाया, गोपीबहादुर अछामी, गोपाल भट्टराई, मायाप्रसाद शर्मा, राधेश्याम पासवान, पदमबहादुर परियार, विष्णुबहादुर विश्वकर्मा र रेणु चन्दलगायतले भाग लिए। सांसदहरूले उठाएका प्रश्न र सुझावमा मन्त्री न्यौपानेले जवाफ दिएकी थिइन्।