

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा आएको तीव्र उतार–चढावको असर नेपाली सुनचाँदी बजारमा प्रत्यक्ष देखिएको छ । बिहीबार सुन र चाँदी दुवैको मूल्यमा एकै दिन उल्लेख्य गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेर २ लाख ९५ हजार २०० रुपैयाँमा झरेको छ । अघिल्लो दिन बुधबार सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोला ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार ६०० रुपैयाँ थियो ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावट र लगानीकर्ताको धारणा परिवर्तनका कारण स्थानीय बजारमा मूल्य दबाबमा परेको हो । पछिल्ला दिनमा सुनको मूल्यमा तीव्र उतार–चढाव देखिँदै आएको छ, जसले उपभोक्ता र व्यवसायी दुवैलाई प्रभाव पारेको महासंघको भनाइ छ ।
