


काठमाडौं : चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जापान पुगेका छन्। जापान सरकारको निमन्त्रणामा प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइतबार राति त्यसतर्फ प्रस्थान गरेका थिए।
राष्ट्रपतिलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा तथा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले स्वागत गरे।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन राष्ट्रपति जापान पुगेका हुन्। भ्रमणका क्रममा उनले जापानका सम्राट् नारुहितो, प्रधानमन्त्री तथा उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। राष्ट्रपति माघ २१ गते स्वदेश फर्कनेछन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |