• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण १२, मंगलबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

देवानगञ्ज घटनापछि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

६ घण्टा अघि
२

देवानगञ्जमा फेरि झडप, नियन्त्रणमा लिन प्रहरीलाई सकस

६ घण्टा अघि
३

उदारवाद र पूँजीवादका हिमायती राप्रपा :राजसंस्था र पृथ्वीपथ कहिल्यै नबोकेको, न भविष्यमा बोक्ने सम्भावना

६ घण्टा अघि
४

देवानगञ्ज घटनामा सरकारले गर्‍यो संयमताको अपिल

७ घण्टा अघि
५

संसद् प्रभावकारी बनाउन सभामुखको पहल

७ घण्टा अघि
६

एमालेको समर्थनमा मंगलबहादुर शाही कर्णालीका मुख्यमन्त्री नियुक्त

७ घण्टा अघि
७

काँकरभिट्टाको विद्यालयमा शिक्षिकाको शव फेला, श्रीमान् फरार

१७ घण्टा अघि
८

सुनसरीका केही भागमा कर्फ्यू हट्यो, गृहमन्त्रालयको छानबिन समिति विराटनगरमा

१७ घण्टा अघि
९

पाँच प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना

२१ घण्टा अघि
१०

सुनसरीमा आन्दोलन चर्किएपछि पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू

२१ घण्टा अघि
११

निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको संसदीय सुनुवाइ आज

२१ घण्टा अघि
१२

होटल व्यवसायीका मागप्रति सरकार सकारात्मक : पर्यटन मन्त्री पौंडेल

२१ घण्टा अघि
होमपेज /  खबर बिशेष
  • ५०८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • संस्कार शिक्षा र प्रशिक्षण

  • २०८२ मंसिर ५, शुक्रबार (८ महिना अघि)

  • केशवप्रसाद चौलागाईं
    ॐशुभं करोति कल्याण् आरोग्यं सुख सम्पदाम्
    शत्रु बुद्धि विनाशाय दीपं ज्योतिर्नमोस्तुते।
    दीपं ज्योति परब्रह्म दीपं ज्योतिर्जनार्दन
    दीपं ज्योति हरते पापं दीपं ज्योतिर्नमोस्तुते।।
    दीप प्रज्वलन मन्त्रोच्चारण संगै प्रारम्भ हुने सनातन संस्कार शिक्षा प्रशिक्षणको रुपमा अभ्यासमा ल्याउने विश्वहिन्दू परिषद को प्रयास सर्हानीय रहेको छ।दैनिक जीवनमा परिवार बाट प्राप्त हुने संस्कार जीवनभर स्मरणीय हुने हुदा घरबाटै सिक्न पर्ने संस्कार प्रशिक्षणको रुपमा सिकाउदा सबै मा प्रफुल्लता र जागरण भएको देख्न सकिन्छ ।ब्रह्मनादको रुपमा ॐ को उच्चारण तीन पटक गरे पश्चात् आफ्नो हातको दर्शन गर्ने मन्त्रोच्चारणले गम्भीर बनाउदछ।।
    कराग्रे वसते लक्ष्मी : करमध्ये सरस्वती ।
    करमूले तु गोविन्द:, प्रभाते करदर्शनम्।।
    प्रातकालमा उठ्ने बित्तिकै पुरुषार्थको प्रतीक आफ्नो हातको मन्त्रोच्चारण सहित दर्शन गर्ने परम्पराले सबै प्रकारको सुख समृद्धि प्राप्त हुने विश्वास गरिन्छ।हाम्रा ऋषि,देवता र गूरूहरुलाइ एकै मान्ने एकता मन्त्रले सम्पुर्ण शास्त्रहरुलाइ बुझाउन मद्दत गर्दछ।
    यं वैदिका मन्त्रदृशःपुराणा
    इन्द्रं यमं मातरिश्वानमाहु
    वेदान्तिनोनिर्वचनीयमेकं
    यं ब्रह्मशब्देन विनिर्दिशन्ति: ।
    शैवायमीशं शिव इत्ववोचन
    यं बैष्णवा विष्णुरिति स्तुवन्ति
    बुद्धस्तथार्हन्निति बौद्धजैना:
    सत्- श्री- अकालेति च सिक्ख सन्त: ।।
    शास्त्रेति केचितप्रकृति कुमार:
    स्वामीति मातेती पितेति भक्त्या।
    यं प्रार्थयन्ते जगदीशितारं
    सः एक एव प्रभुरद्वितीय: ।।
    प्राचीन कालमा मन्त्र द्रष्टा ऋषिहरुले जसलाई इन्द्र,यम,मातरिश्वान् मानेर पुकारे,जो एक अनिर्वचनीयलाइ वेदान्ति ब्रह्म जसलाई शब्दले निर्देश गर्दछन।शैव जसलाइ शिव र वैष्णव जसलाई विष्णु मानेर स्तुति गर्दछन।बौद्ध र जैन जसलाई बुद्ध र अर्हन्त भन्दछन तथा सिख सन्त जसलाई सत् श्री अकाल भनेर पुकार गर्दछन।यश जगतका स्वामी जसलाई कसैले शास्ता,कसैले कुमार,स्वामी,माता- पिता आदि भनेर भक्तिपुर्वक प्रार्थना गर्दछन,ती प्रभु एक नै हुन र अद्वितीय हुन अर्थात् उनी बाहेक दोस्रो सत्य छैन।एकता मन्त्र पश्चात् ” श्रीराम जय राम जय जय राम १३ पटक उच्चारण गरे संगै बिहानको प्रथम सत्र प्रारम्भ हुने गर्दछ।बिषयगत जानकारी र प्रशिक्षण पश्चात् जलपान,पुनः दोस्रो सत्र प्रशिक्षण तत्पश्चात भोजनको समय आउदछ।।
    ॐ ब्रह्मार्पणं ब्रह्महविर्ब्रह्माग्नौ ब्रह्मणा हुतम्।
    ब्रह्मैव तेन गन्तव्य ब्रह्मकर्मसमाधिना।।
    भोजन मन्त्र पश्चात् भोजन ग्रहण गर्ने अभ्यासले सम्पुर्ण वातावरणलाई ईश्वरमय बनाउद छ। एवं प्रकार पुनः संचालन हुने प्रशिक्षण पश्चात् अन्तमा पूर्णता मन्त्र संगै दिनभरिको प्रशिक्षण समाप्त हुन्छ।प्रशिक्षणको क्रममा गाइने राष्ट्रभक्ति गीतले संगठनको साथै मुलुक प्रतिको दायित्व प्रष्ट पार्दछ।
    ” धर्मका लागि बाचौ,बाचौ समाजका लागि
    यो धडकन यो श्वास होस पूण्यभूमिका लागि ।
    गर्वले भनौ सबै हिन्दू हामी एक हौ,
    एकतामा बाँधिएका हेर्नमा अनेक छौ।
    एकताको शक्ति होस,मातुभूमिका लागि …. ।”
    राष्ट्रभक्तिको गीतले धर्म र मुलुक प्रति सबै को प्रतिज्ञा जाहेर गर्दछ।
    ” श्वास- श्वासमा जगाअौ देशभक्ति भावना,
    शब्द शब्दमा गरौ मातुभूमि वन्दना।
    हृदयमा सबैको गुञ्जियोस यो गुञ्जना,
    देशको माटो माटो होइन हो पवित्र चन्दन।
    यो अर्को गीतको बोलले देशको माटो प्रतिको आस्थालाइ उजागर गर्दछ।
    ” कोशी नारायणी मेची राप्ती भेरी च बागमती ।
    महाकाली प्रणम्यन्ते,कर्णाली कालीगण्डकी ।”
    कोशी ,नारायणी ,मेची ,राप्ती ,भेरी ,बागमती ,महाकाली ,कर्णाली र गण्डकि नदीहरु प्रणम्य एवं पूण्यदायिनी छन भन्ने भावले नदीहरुको पवित्रता र महत्त्व गान हुदा प्रत्येक नेपालीहरुको शीर ठारो हुन पुग्दछ।
    मुक्तिनाथं,जगन्नाथं,वराहक्षेत्रमेव च।
    गुहेश्वरी,बागेश्वरी,नाथः पशुपतिस्तथा।।
    मुक्तिनाथ,जगन्नाथ,वराहक्षेत्र,गुहेश्वरी,वागेश्वरी,पशुपतिनाथ पूजनिय ,दर्शनिय एवं कल्याणकारी छन भन्ने उद्घोषले सम्पूर्ण नेपाल तिर्थमय रहेको बोध हुन्छ।विश्वका सम्पुर्ण हिन्दू हरुका आराध्य क्षेत्रका रुपमा स्विकार्य बन्दछ।
    ” पृथ्वीनारायणं फाल्गुनन्दं विद्धापतिं तथा।
    यलम्वरं,शुक्रराजं,स्मरामि हिन्दू गौरवम्।
    नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाह,मैथिली भाषी कवि विद्धापति,शुक्रराज शास्त्री,यलम्बर हाङ,सत्यहाङमा फाल्गुनन्द सबै हिन्दूहरुका गौरव हुन भन्ने विचारले नेपाली इतिहासलाई पक्षपात रहीत सबैलाई सम्बोधन गरेको पाइन्छ ।
    ” भानुभक्तं लेखनाथं लक्ष्मीप्रसाद नामकम्।
    वयं स्मरामःसततं त्रीनेत्रन् कविपुङगवान्।।
    आदिकवि भानुभक्त आचार्य ,कवि शिरोमणि लेखना पौड्याल ,महाकवि लक्ष्मीप्रसाद देवकोटा यी तीन महान कविहरुलाइ सतत् स्मरण गर्दछौं भन्ने शब्दहरुले नेपाली साहित्यिक स्रष्टाहरुको गौरवलाई स्विकारेको पाइनुले प्रशिक्षण सम्पूर्ण रुपमा नेपाली राष्ट्रवादको आधारमा उभ्भिएको अनुभुती सबैले गर्दछन।
    ॐ संगच्छध्वं संवदध्वं संवोमनांसी जानताम्।
    देवाभागं यथा पूर्वे संजानना उपासते।।
    संगठन मन्त्रका रुपमा उच्चारण गर्ने मन्त्रले सबै मिलेर अघि बढ्न प्रेरित गर्दछ।प्रेरणा मन्त्रका रुपमा उच्चारण गरिने ” ॐ असतोमा सदगमय
    तमसोमा ज्योतिरगमय
    मृत्योर्मा अमृतं गमय
    ॐ शान्ति ,शान्ति ,शान्ति : ।ले असत्यबाट सत्य तर्फ,अंधकारबाट उज्यालो तर्फ मृत्यु बाट अमरता तर्फ लैलाउ भन्दै इश्वर संग गरिइने प्रार्थनाले प्रशिक्षण को उच्चतालमइ बोध गराउदछ।कल्याण मन्त्रका रुपमा गाइने यो बोलले उदारहीतको भावना प्रष्ट पार्दछ।
    ” सर्वे भवन्तु सुखिनः
    सर्वे सन्तु निरामया:
    सर्वे भद्राणि पश्यन्तु
    म कश्चिद दुखःभाग भवेत”
    उदार धर्मको रुपमा रहेको सनातन धर्म संस्कृतिलाई कसरी नयाँ पुस्तामा जानकारी गराउन सकिन्छ भन्दै सोच्न थालिएको अबस्थामा यो प्रशिक्षण ले सार्थकता पाउने देखिन्छ ।सनातन हिन्दू धर्मको बाहुल्यता रहेको भारत र नेपालमा कसरी साझा रुपमा धर्म संस्कृतिको प्रशिक्षणलाई अगाडि बढाउन सकिन्छ ? भन्ने संशयलाइ पनि चिर्न सकेको पाइन्छ ।विश्व हिन्दू परिषद् नेपालका साथै हिन्दू स्वयमसेवक संघ,जनकल्याण प्रतिष्ठान लगायत सबै संगठनहरुलाइ पनि उपयुक्त हुने ” वन्दना तथा सत्सङ्ग” पुस्तिकाले भावी दिनमा गुरुजन,बुद्धिजीवी तथा भक्तहरुमा सकारात्मक प्रभाव बनाउनेछ ।सशक्त सौम्यशक्तिका रुपमा रहेको नेपालको मठमन्दिर,चाठपर्व,साहित्य र तिर्थहरुको सम्मानले नेपाली हरुको स्थान भारत लगायत विश्वमा उच्च स्थानमा रहनेछ ।धर्मको झण्डोत्तलन उपस्थित प्रतिनिधिहरुबाट लामबद्ध भएर प्रार्थना सहित सम्पन्न गर्दा धर्म स्थापनाका लागि आबश्यक संकल्प र गम्भीरता प्रस्फुटित हुन पुग्दछ।
    ” नमस्ते सदा वत्सले मातृभूमे
    त्वया हिन्दू भूमे सुखम् वर्धितोहम्
    महामंगले पूण्यभूमे त्वदर्थे
    पतत्वेषकायो नमस्ते नमस्ते ।।”
    सत्रहरुको समाप्ति र सबै कार्यक्रम को समाप्तिमा उच्चारण गरिने पूर्णता मन्त्रले जीवन र सृष्टिकै पूर्णताको बोध गराउदै उत्साहित बनाउदछ।सबै मा सार्थक्ताको अनुभूति गराउदछ।
    ” ॐ पूर्णमदःपूर्णमिदं
    पूर्णात् पूर्णमुदच्यते।
    पूर्णस्य पूर्णमादाय
    पूर्णमेवा वशिष्यते।।””
    ॐशान्ति,शान्ति ,शान्ति :

    लेखक विश्व हिन्दू परिषद नेपालका केन्द्रीय सदस्य समेत हुनुहुन्छ

    • #संस्कार शिक्षा र प्रशिक्षण
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    खबर बिशेष सम्बन्धि थप

    देवानगञ्ज घटनापछि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

    देवानगञ्जमा फेरि झडप, नियन्त्रणमा लिन प्रहरीलाई सकस

    देवानगञ्ज घटनामा सरकारले गर्‍यो संयमताको अपिल

    संसद् प्रभावकारी बनाउन सभामुखको पहल

    एमालेको समर्थनमा मंगलबहादुर शाही कर्णालीका मुख्यमन्त्री नियुक्त

    काँकरभिट्टाको विद्यालयमा शिक्षिकाको शव फेला, श्रीमान् फरार

    ताजा समाचार
    १

    देवानगञ्ज घटनापछि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

    २

    देवानगञ्जमा फेरि झडप, नियन्त्रणमा लिन प्रहरीलाई सकस

    ३

    उदारवाद र पूँजीवादका हिमायती राप्रपा :राजसंस्था र पृथ्वीपथ कहिल्यै नबोकेको, न भविष्यमा बोक्ने सम्भावना

    ४

    देवानगञ्ज घटनामा सरकारले गर्‍यो संयमताको अपिल

    ५

    संसद् प्रभावकारी बनाउन सभामुखको पहल

    ६

    एमालेको समर्थनमा मंगलबहादुर शाही कर्णालीका मुख्यमन्त्री नियुक्त

    ७

    काँकरभिट्टाको विद्यालयमा शिक्षिकाको शव फेला, श्रीमान् फरार

    ८

    सुनसरीका केही भागमा कर्फ्यू हट्यो, गृहमन्त्रालयको छानबिन समिति विराटनगरमा

    ९

    पाँच प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना

    १०

    सुनसरीमा आन्दोलन चर्किएपछि पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू

    समाचार
    थप

    देवानगञ्ज घटनापछि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

    देवानगञ्जमा फेरि झडप, नियन्त्रणमा लिन प्रहरीलाई सकस

    देवानगञ्ज घटनामा सरकारले गर्‍यो संयमताको अपिल

    संसद् प्रभावकारी बनाउन सभामुखको पहल

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution