


काठमाडौँ : काभ्रेपलाञ्चोकका खानीखोला, महाभारत र भुम्लु गाउँपालिकामा कफी खेतीको प्रवर्द्धन, बजारीकरण तथा उत्पादन व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय तह र कृषि विकास कार्यालय, धुलिखेलबीच समन्वय गर्ने सहमति भएको छ।
‘एक वडा-एक कृषि उत्पादन’ कार्यक्रमअन्तर्गत आयोजित छलफलमा कफीको बजारीकरण, उत्पादन विविधीकरण तथा सिंदुरे र गभारो किराको नियन्त्रणमा सहकार्य गर्ने निर्णय गरिएको हो। कार्यक्रममा तीनवटै गाउँपालिकाका अध्यक्ष र कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीलगायतको सहभागिता थियो।
सहभागीहरूले कफी खेतीको अवस्था, किसानका समस्या, उत्पादन वृद्धि, प्रशोधन, बजार विस्तार तथा प्राविधिक सहयोगका विषयमा छलफल गरेका थिए। खानीखोला, महाभारत र भुम्लु काभ्रेपलाञ्चोकका प्रमुख कफी उत्पादन क्षेत्र हुन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |