

काठमाडौँ : नेपाली कांग्रेसले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकहरूको हरसम्भव खोजी, जोखिममा परेका स्वदेशी तथा विदेशी पर्यटकको द्रुत उद्धार र राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ।
आज बसेको पार्टीको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले विपद्को यो घडीमा सरकार, राजनीतिक दल, निजी क्षेत्र र नागरिक समाजलाई एकजुट हुन आह्वान गरेको छ। बैठकपछि महामन्त्री प्रदीप पौडेलले विपद् व्यवस्थापनमा सरकारलाई कांग्रेसको पूर्ण साथ रहने बताउँदै पार्टी पङ्ति र नागरिकलाई कुनै पनि भ्रामक सूचना तथा आरोप प्रत्यारोपबाट टाढा रही उद्धार कार्यमा केन्द्रित हुन आग्रह गरे।
बैठकले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यको संयोजकत्वमा बाढी प्रभावित ७ जिल्लाका केन्द्रीय सदस्यहरू सम्मिलित रसुवा बाढी विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समितिु गठन गरेको छ। समिति सदस्य सचिवमा मानबहादुर थापा रहेका छन्। पार्टीले केन्द्रीय कार्यालयमा सूचनारसमन्वय डेस्क स्थापना गरी एकमुष्ट राहत कोषमा सहयोग रकम जम्मा गर्ने निर्णयसमेत गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |