

काठमाडौँ : रसुवा-त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीले १३ वटा जलविद्युत् आयोजनामा क्षति पुर्याउँदा ८ जना कोरियाली नागरिकसहित ३३८ जना कामदार बेपत्ता भएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान० का अनुसार २०८३ माघ १० को यो घटना ऊर्जा क्षेत्रकै ‘कालो दिन’ हो । बाढीले कुल ६७५ मेगावाट क्षमताका आयोजना ध्वस्त बनाएको छ भने सबस्टेसनहरू प्रभावित हुँदा ४३१ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडबाट विच्छेद भएको छ । क्षति पुगेकामा सञ्चालनमा रहेका १५८ मेगावाटका चार र निर्माणाधीन ३४२ मेगावाटका पाँच आयोजना निजी क्षेत्रका छन् ।
बेपत्ता हुनेहरूमा एण्डिज हाइड्रोका ७६, रसुवागढी क्षेत्रका ५४, नेपाल वाटर एन्ड इनर्जीका १९ ९८ कोरियालीसहित० र जेट कन्सर्ट लामा जीबीआरएसका ७ जना छन् । विभिन्न आयोजनास्थलमा अझै २१२ जना कामदार उद्धारको पर्खाइमा छन् । इप्पान अध्यक्ष मोहनकुमार डाँगीले आर्थिक क्षतिभन्दा पनि उद्धार र खोजी कार्यलाई पहिलो प्राथमिकता दिइएको बताएका छन् ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |