


काठमाडौँ : सुनसरीको देवानगञ्जमा भएको घटनालगायत समसामयिक राष्ट्रिय विषयमा साझा धारणा बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार सर्वदलीय बैठक बोलाएको छ।
सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बिहान ८ बजे बस्ने बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको रास्वपाले जनाएको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा सहभागी हुन सबै दललाई औपचारिक पत्राचार गरिएको छ भने सभापति रवि लामिछानेले प्रमुख नेताहरूसँग आफैँ टेलिफोनमार्फत सम्पर्क गरेर उपस्थितिका लागि आग्रह गरेका छन्।
सुनसरी घटनापछि विकसित परिस्थितिबारे साझा छलफल गर्दै राजनीतिक दलहरूबीच न्यूनतम सहमति निर्माण गर्ने उद्देश्यले बैठक आयोजना गरिएको रास्वपाको भनाइ छ। बैठकमा घटनाको निष्पक्ष अनुसन्धान, शान्ति-सुरक्षा र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |