


काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको आरोपमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना तथा दुई आपूर्तिकर्ता कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीलगायत कर्मचारीविरुद्ध १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ। यसैगरी जर्मनीस्थित भेरिडास कम्पनीका नेपाल प्रतिनिधि सिद्धार्थ थापाविरुद्ध ८ अर्ब २२ करोड ३५ लाख ४ हजार ४४४ रुपैयाँ तथा म्युलबाउर कम्पनीका नेपाल प्रतिनिधि मणिन्द्रराज मल्लविरुद्ध १ अर्ब ९० करोड ६९ लाख ५७ हजार ३२ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
आयोगका अनुसार बोलपत्र प्रक्रियाको सुरुआती चरणदेखि नै मिलेमतो गरी कानुनविपरीत प्राविधिक तथा आर्थिक मूल्याङ्कन गरिएको थियो। यसबाट राहदानी विभागलाई १० अर्बभन्दा बढी नोक्सानी पुर्याइएको निष्कर्ष निकाल्दै बिगो असुल, जरिवाना तथा कैद सजायको मागसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |