


काठमाडौँ : राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक आह्वान गरिएको हो।
बैठकमा पछिल्लो समय विकसित राष्ट्रिय सुरक्षा अवस्था, समसामयिक राजनीतिक तथा सुरक्षा चुनौती र अन्य महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ। पछिल्ला घटनाक्रम र बदलिँदो क्षेत्रीय परिस्थितिका सन्दर्भमा आवश्यक रणनीति र समन्वयका विषय पनि बैठकको एजेन्डामा रहने अपेक्षा गरिएको छ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा सचिव रहने कानुनी व्यवस्था छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |