


काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो र नयाँ पुस्ताबीचको दूरी घटाउँदै सबै पक्षलाई समेटेर १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले निवर्तमान सभापति शेरबहादुर देउवासहित अघिल्लो कार्यसमितिका नेताहरूलाई सम्मान गर्दै महाधिवेशन निष्पक्ष बनाउन आवश्यक सबै काम गर्न आफू तयार रहेको बताएका हुन्।
केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले कांग्रेसमा चार पुस्ताको सहभागिता रहेको उल्लेख गर्दै कसैलाई बाहिर राखेर पार्टी अघि बढ्न नसक्ने बताए।
थापाले पछिल्लो निर्वाचनमा कांग्रेसको जिम्मेवारीमा रहेका कतिपय नेता–कार्यकर्ताले पार्टीको चुनाव चिह्न रुखमा मतदान नगरेको विषय पनि आफ्नो जानकारीमा रहेको बताए। पार्टीभित्रका कमजोरी पहिचान गर्दै आगामी महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय बनाउनुपर्नेमा उनले जोड दिए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |