


काठमाडौँ : सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा चारवटा विधेयक पेस हुने भएका छन् । सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफसमेत सम्बन्धित मन्त्रीले दिने सम्भावित कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ पेस गर्नेछन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम ९निषेध तथा नियमित गर्ने० विधेयक, २०८३’ पेस गर्नेछन् । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट मन्त्री गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन् ।
यसैबीच, आज चार संसदीय समितिका बैठकसमेत बस्दैछन् । ती बैठकमा राष्ट्रिय गौरवका आयोजना, विधि विज्ञान प्रयोगशाला विधेयक, राष्ट्रिय सदाचार नीति तथा समिति सञ्चालन कार्यविधिबारे छलफल हुने कार्यक्रम छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |