

काठमाडौँ : रसुवाका बाढीपहिरोपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उद्योगी–व्यवसायी र सङ्घसंस्थाले एकै दिन २७ करोड ३३ लाख रुपैयाँभन्दा बढी सहयोग हस्तान्तरण गरेका छन् ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा १० वटा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि उक्त रकम मन्त्रालयलाई बुझाएका हुन् । एकद्वार प्रणालीमार्फत सङ्कलन गरिएको यो रकमको चेक अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ग्रहण गरेका थिए ।
कोषमा रकम जम्मा गर्ने संस्थाहरूमा नेपाल बैंक लिमिटेडले सबैभन्दा बढी ३ करोड १ लाख रुपैयाँ योगदान गरेको छ । यस्तै गोर्खा ब्रुअरी, कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ३र३ करोड रुपैयाँ हस्तान्तरण गरेका छन् ।
यसै गरी नेपाल पूर्वाधार बैंक ९निफ्रा० ले २ करोड ५० लाख, एनआईसी एसिया बैंकले २ करोड २१ लाख र सारस बेभरेज ९रेडबुल० ले २ करोड रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । एनसेल एसियाटाले १ करोड, शिव शक्ति ग्रुपले ५१ लाख तथा रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजले १० लाख रुपैयाँ कोषमा जमा गरेका हुन् ।
विनाशकारी बाढीबाट क्षति पुगेको रसुवामा विस्थापितको उद्धार, अस्थायी आवास तथा पुनर्स्थापनाका लागि यो रकम तत्काल परिचालन गरिने अर्थ मन्त्रालयले जनाएको छ ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |