काठमाडौं : रुसले युक्रेनसँग तीन दिनको लागि अस्थायी युद्धविरामको घोषणा गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग तीन दिनको लागि अस्थायी युद्धविरामको घोषणा गरेका हुन् । यो युद्धविराम आउँदो ‘मे’ ८ तारिखदेखि शुरू हुनेछ र ‘मे’ ११ सम्म रहनेछ । पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसका अवसर पारेर कम्तीमा ७२ घण्टाका लागि अस्थायी युद्धविरामको घोषणा गरेका हुन् ।
युक्रेनले पनि यस्तै आदेश जारी गर्ने अपेक्षा गरेको मस्कोलाई उदधृत गरी अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथै, युद्धविराम उल्लङ्घनका घटना भएमा जवाफ दिन तयार रहेको रुसले जनाएको छ । सन् २०२२ फेब्रुअरीमा युक्रेनमा पूर्ण स्तरको आक्रमण शुरू गरेयता रुसले युक्रेनका चार वटा क्षेत्रको ठूलो हिस्सा आफ्नो कब्जामा लिएको छ ।