


काठमाडौं : रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं सभापति प्रदीप विष्टले दिएको राजीनामा फिर्ता लिएका छन्।
शीर्ष नेतासहितको सोमबार बसेको छलफलपछि पार्टीले उनले उठाएका विषय सम्बोधन गर्ने र आन्तरिक समस्या समाधानमा तत्परता देखाउने प्रतिबद्धता दिलाएपछि विष्टले राजीनामा फिर्ता लिएका हुन्। पारदर्शिता, संगठनगत बेथिति र निर्णय प्रक्रियामा देखिएको कमजोरीबारे पटक–पटक प्रदेश समिति र केन्द्रीय नेतृत्वलाई अवगत गराए पनि सुनुवाइ नभएको भन्दै उनी मंसिर ५ गते पदबाट अलग भएका थिए।
जिल्लास्तरमा निरन्तर सक्रिय आफूले कार्यकर्ता र मतदातालाई ‘गुमराह’ राखिरहन नसक्ने बताउँदै उनले राजीनामा दिएका थिए। २०७९ मा उनी काठमाडौं–१० बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका थिए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |