काठमाडौं : करिब १ महिना लामो शिक्षकहरुको सडक आन्दोलन बिहिबारबाट फिर्ता भएको छ ।
सरकारसँग ९ बुँदे सहमति भएसँगै शिक्षकहरुको आन्दोलन फिर्ता भएको हो । बुधबार बेलुका शिक्षामन्त्री रघुजी पन्तसँग शिक्षक प्रतिनिधिहरुले सहमति गरेका थिए । सहमतिका विषय मन्त्रिपरिषद्बाट पारित समेत भएको छ । आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि विद्यार्थी भर्ना सुरु भएको छ । शुक्रबारबाट देशभरका विद्यालयमा पठनपाठन सुरु हुने शिक्षक महासंघले जनाएको छ ।