काठमाडौं : आईपीएल एलिमिनेटरमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २० रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ।
पञ्जाबको न्यू चण्डीगढ़मा भएको खेलमा मुम्बईले टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा २२८ रन बनायो। कप्तान रोहित शर्माले ८१ तथा जोनी बेयरस्टोले ४७ रनको योगदान दिए।
२२९ रनको लक्ष्य पछ्याएको गुजरात ६ विकेट गुमाएर २०८ रनमै सीमित भयो। साई सुदर्शनले ८० रन बनाए। मुम्बईका ट्रेन्ट बोल्डले २ विकेट लिए।
अब मुम्बईले दोस्रो क्वालिफायरमा पञ्जाब किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। विजेताले मंगलबार आरसीबीसँग फाइनल खेल्नेछ।