काठमाडौं : समसामयिक राजनीतिक विषयमा छलफल गर्न तीन प्रमुख दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक दिउँसो ३ बजे तय भएको हो । बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने प्रधानमन्त्रीका स्वकीय सचिव उदय पोखरेलले जानकारी दिए।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले गरिरहेको प्रतिनिधिसभा अवरोध, समसामयिक गतिविधि र सहमतिको प्रयासबारे छलफल हुने बताइएको छ ।