काठमाडौं : संवैधानिक परिषद् ९काम, कर्तव्य र अधिकार सम्बन्धी ऐन संशोधन विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएपछि सभामुख देवराज घिमिरेले यसप्रति चासो राखेका छन् ।
राष्ट्रपति पौडेलले बिहीबार विधेयकमा संविधानको मर्मविपरीत परिषद्को बैठक बस्न र निर्णय गर्न सक्ने प्रावधान रहेको भन्दै फिर्ता गरेका थिए। त्यसलगत्तै, शुक्रबार बिहान सभामुख घिमिरे राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेर यस विषयमा चासो राखेको बताइएको छ ।
भेटमा सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई जुलाई २९ देखि ३१ सम्म जेनेभामा हुने सभामुखहरूको विश्व सम्मेलनमा नेपालको सहभागिता बारे पनि जानकारी गराएका थिए। सभामुख घिमिरे उक्त सम्मेलनमा सहभागी हुनका लागि जुलाई २७ मा जेनेभा प्रस्थान गर्ने कार्यक्रम छ ।