काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले नेकपा (एमाले) को सदस्यता विधिपूर्वक नवीकरण गरिसकेको दाबी गरेकी छन् ।
उनले देशका लागि थप योगदान दिन पार्टीमा फर्किन चाहेको र कुनै ‘लालसा’ नरहेको स्पष्ट पारेकी हुन् ।
आज आयोजित पत्रकार सम्मेलनमा भण्डारीले आफ्नो सदस्यता यत्तिकै खारेज नहुने प्रष्ट पारिन्।
भण्डारीले पार्टी सदस्यता लिएको ४५ वर्ष भएको बताएकी छन् ।उनले कसैलाई लाग्नेबित्तिकै आफ्नो सदस्यता फाल्न नसक्ने बताइन् ।