काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संस्थापक केन्द्रीय सदस्यहरूको राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी पदबाट हटाएको छ।
अनुशासन समितिले पेस गरेको उक्त प्रस्तावलाई बहुमत सदस्यहरूले अनुमोदन गरेका हुन्। अध्यक्ष श्रेष्ठलाई स्पष्टीकरण सोधिए पनि उनले जवाफ नदिएको र भेलामा अनुपस्थित रहेको पदबाट हटाइएको हो। यसअघि विवादित अडियो प्रकरणमा मुछिएपछि रञ्जिताले स्वास्थ्यको कारण देखाउँदै पोखराका शिव बास्तोलालाई कार्यवाहकको जिम्मेवारी सुम्पिएकी थिइन्।
पार्टी संरक्षक रेशम चौधरीले रञ्जिताको यो कदम विधान विपरीत रहेको आरोप लगाएका छन्। उनले केन्द्रीय समितिमा छलफल नगरी कार्यवाहक तोकिएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। यता, रञ्जिताले भने भेलालाई अवैधानिक दाबी गर्दै आएकी छन्। भेलाले टीकापुर अधिवेशनका २०१ केन्द्रीय सदस्यको सूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ। नयाँ अध्यक्ष चयनका लागि भोलि छलफल हुने बताइएको छ।