काठमाडौं : धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले पार्टीका पोलिटब्युरो सदस्य पूर्ण विक (रक्तिम) र केन्द्रीय सदस्य शरद रसाइलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।
महासचिव कञ्चन (धर्मेन्द्र बास्तोला) ले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। ती दुई नेताले पार्टीभित्र चरम गुटबन्दी गरेको र पार्टी विरोधी गतिविधिमा संलग्न भएको आरोपमा कारबाही गरिएको विज्ञप्तिमा लेखिएको छ ।
पार्टीको अनुशासन उल्लंघन गरेको ठहर गर्दै उनीहरूलाई निष्कासन गर्ने निर्णय गरिएको महासचिव कञ्चनले स्पष्ट पारे ।