


काठमाडौं : उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफू नेपाली कांग्रेसको सभापति र प्रधानमन्त्रीबाहेक सबै पदमा पुगिसकेको बताएका छन्।
बिहीबार नेपाली कांग्रेस रामेछापले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले आफूसँग भएका अनुभवहरू सबैलाई बाँड्दै पार्टीलाई बलियो बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गरे। मन्त्री सिंहले दुई दलबीच भएको सातबुँदे सहमति का कारण मुलुकमा ६—६ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको दाबी गरे।
सिंहले पार्टीलाई विधिविधानअनुसार नै संस्थागत गरेर अघि बढाउनुपर्ने मा जोड दिए। उनले कांग्रेसलाई विभिन्न चुनौतीहरूको सामना गर्न सक्ने गरी पार्टीको नेतृत्व गर्ने आफ्नो चाहना रहेको पनि उल्लेख गरे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |