काठमाडौं : एक वर्षको अवधिमा नेपालको अर्थतन्त्रको आकार ४ खर्बले बढेर ६१ खर्ब रुपैयाँ पुगेको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ५७ खर्ब रहेको अर्थतन्त्र चालू वर्षको अन्त्यसम्म ६१ खर्ब पुगेको हो। राजस्व संकलन पनि उल्लेखनीय रूपमा बढेको छ। २०८२ असार २६ गतेसम्म १० खर्ब ९७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७७.३४ प्रतिशतले वृद्धि हो।
पुँजीगत खर्च २ खर्ब ८ अर्ब पुगेको छ भने सेयर बजार परिसूचक (नेप्से) २,७०५ विन्दुमा उक्लिएको छ। रेमिट्यान्स १५.५ प्रतिशतले बढेर १५ खर्ब ३२ अर्ब पुगेको छ। निर्यात ७७.८ प्रतिशतले वृद्धि हुँदा आयात १३.१ प्रतिशतले बढेको छ। शोधानान्तर स्थिति ४९२ अर्ब बचतमा रहँदा विदेशी विनिमय सञ्चिति १८ अर्ब ६५ करोड अमेरिकी डलर पुगेको छ, जसले १४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अर्थ मन्त्रालयलको भनाइ छ ।