काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा फेरि एकपटक क्रान्ति र नयाँ खालको विद्रोह आवश्यक रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार शहीद स्मृति कार्यक्रममा बोल्दै उनले प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्रविरुद्ध एकताबद्ध प्रतिरोध अपरिहार्य भएको बताएका हुन् ।
उनले अहिले पनि शान्ति प्रक्रियाका बाँकी काम अगाडि बढिरहेका भए पनि त्यसमाथि चलखेल भइरहेको दाबी गरे । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा आत्मसाथ गर्नुपर्ने धारणा राखे।