काठमाडौँ : संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्दै छ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ माथि छलफल तथा पारित गर्ने तयारी छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक दफावार छलफलका लागि प्रस्ताव पेस गर्नेछन्। त्यसपछि विधेयकमाथि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिनेछ।
बैठकमा अर्थ, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम छ।
त्यस्तै, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् ९पहिलो संशोधन० विधेयक, २०८२’ संसदमा पेस गर्नेछन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।