काठमाडौँ : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न बस्दै छ।
बैठकमा दुई विधेयकमाथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन्।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८०’ मा राष्ट्रियसभाबाट भएका संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।