काठमाडौँ : सङ्घीय संसद्का चार संसदीय समिति बैठक बुधबार बस्दै छन्। समितिहरूले विभिन्न विधेयक र विषयगत प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ।
अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौतीबारे समसामयिक छलफल हुने छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा दफावार छलफल हुनेछ।
विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल गरिनेछ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन’ माथि छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।