


काठमाडौं : नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा कारागारमा भेटेका छन्।
लुम्बिनी प्रदेशस्तरीय विस्तारित बैठकमा सहभागी हुन गएका बेला उनले लामिछानेमाथि अन्तिम फैसला नभएकाले जमानतमा राखेर मुद्दा लड्न दिनुपर्ने बताए।
“जनप्रतिनिधि भाग्दैन, थुनामा राख्न जरुरी थिएन,” भट्टराईले भने। उनले लामिछानेलाई पत्रपत्रिका समेत पढ्न नदिएकोप्रति आपत्ति जनाउँदै सूचनाबाट वञ्चित गर्नु अनुचित भएको बताए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |