• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण २५, आईतबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

८ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

९ महिना अघि
३

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

९ महिना अघि
४

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

९ महिना अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

८ महिना अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

९ महिना अघि
७

गगन थापाको अन्डर कभर बालेन !

९ महिना अघि
८

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

९ महिना अघि
९

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

६ महिना अघि
१०

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

९ महिना अघि
११

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

४ महिना अघि
१२

रबिमाथि ओली सरकारको अत्याचार : शाह

८ महिना अघि

ताजा अपडेट

१

एकीकृत समाजवादीका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक तय

१९ घण्टा अघि
२

कैलाली कारागारमा फेरि झडप, एकको मृत्यु, ४७ घाइते

२0 घण्टा अघि
३

बागमती कांग्रेसका १४ सांसद असन्तुष्ट, काठमाडौंमा आज बैठक बस्दै

२0 घण्टा अघि
४

त्रिवि क्रिकेट मैदानको प्रगति विवरण दिन संसदीय समितिको निर्देशन

१ दिन अघि
५

दिल्लीबाट ४० नेपाली महिला उद्धार

१ दिन अघि
६

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला करिव २ लाख पुग्यो

१ दिन अघि
७

‘छमछमी नाचौंन’मौलिक तीज गीत सार्वजनिक

१ दिन अघि
८

अनलाइन सञ्चारमाध्यम स्थानीय प्रशासनबाट दर्ता गर्ने व्यवस्थाप्रति महासंघको आपत्ति

२ दिन अघि
९

केदारनाथ अधिकारीलाई अमेरिकी विश्वविद्यालयबाट मानार्थ विद्यावारिधी

२ दिन अघि
१०

कहाँ पुर्याउला जनार्दन ?

२ दिन अघि
११

रबि लामिछानेलाई भेट्न कारागार पुगे भट्टराई

२ दिन अघि
१२

बलात्कार आरोपमा रास्वपा गाउँपालिका सभापति पक्राउ

३ दिन अघि
होमपेज /  बिचार
  • १२० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कहाँ पुर्याउला जनार्दन ?

  • २०८२ श्रावण २२, बिहिबार (२ दिन अघि)

  • डा. महेन्द्रजंग शाह

    शास्त्र प्रणाली

    कुनै राज्य वा राष्ट्रको शासन कसरी सञ्चालन हुन्छ भन्ने कुरा सरकारको स्वरूप, शक्तिको बाँडफाँड, नीति निर्माण, कार्यान्वयन, र न्याय प्रणालीले परिभाषा गर्दछ । विश्वको जनप्रिय शासन लोकतान्त्रिक शासन प्रणाली मानिन्छ । जहा जनताको शासन हुन्छ। निर्वाचनमार्फत जनप्रतिनिधिहरू चयन गरिन्छ । बहुदलीय व्यवस्था हुन्छ । प्रेस स्वतन्त्र हुन्छ । अर्कोतिर शक्ति एक व्यक्तिको वा सानो समूहको हातमा केन्द्रित गरी नागरिक अधिकारहरू सीमित गर्ने शासन सर्वसत्तावादी शासन प्रणाली हुन्छ । मुखलाई मलद्दार बनाई गफले भएपनी सम्पत्तिमा राज्यको स्वामित्वमा हुने, एकल पार्टी शासन र वर्गविहीन समाजको परिकल्पना गर्ने साम्यवादी शासन प्रणाली हुन्छ । राष्ट्रको नेतृत्व राजा वा रानीले गर्ने राजसंस्थात्मक प्रणाली हुन्छ ।  शक्ति केन्द्र र प्रदेशबीच बाँडिएको र प्रदेशहरूसँग आफ्नै सरकार हुने संघीय शासन प्रणाली हुन्छ । सबै शक्ति केन्द्र सरकारको हातमा र प्रदेश वा स्थानीय तहले केन्द्रको निर्देशन अनुसार काम गर्ने एकात्मक शासन प्रणाली हुन्छ । आजसम्मका अभ्यासले राजसंस्था सहितको लोकतन्त्रलाई सबैभन्दा उचित प्रणालीको रुपमा प्रमाणित गरेको छ ।

    शासन प्रणाली जेभएपनी शासकिय योग्यता महत्वपुर्ण हुन्छ । शासकिय योग्यता भन्नाले राज्य सञ्चालन गर्ने संस्था (सरकार, प्रशासन, न्याय, आदि) को दक्षता, प्रभावकारिता, पारदर्शिता, जवाफदेहिता, र जनउत्तरदायी क्षमतालाई जनाउँछ। नेपालमा नामले संघीय लोकतान्त्रिक गणतन्त्र हो । शासन प्रणाली जनतामा आधारित भए पनि शासकिय योग्यता देखिएको छैन । शासन प्रणाली एउटा ढाँचा हो भने शासकिय योग्यता त्यो ढाँचालाई चलाउने क्षमता हो। दुवै सुदृढ भएमा मात्रै समावेशी, पारदर्शी र जनमुखी शासन सम्भव हुन्छ।

    शासन प्रणाली राम्रो भए पनि यदि त्यसलाई सञ्चालन गर्ने व्यक्तिहरू वा संस्थाहरू सक्षम छैनन् भने शासन प्रणाली असफल हुन्छ। शासकिय अयोग्यता भनेको शासन प्रणालीको प्रभावकारिता घटाउने अवस्था हो, जहाँ सरकार वा प्रशासन जनताको हितमा प्रभावकारी सेवा दिन असमर्थ हुन्छ।

    नीति कार्यान्वयनमा असफलता, निर्णय प्रक्रियामा ढिलासुस्ती, जनताको गुनासो सुन्ने प्रणालीको अभाव, भ्रष्टाचार र शक्ति दुरुपयोग, अपारदर्शिता र जवाफदेहिताको कमजोरी र योग्य जनशक्तिको कमीले शासकिय अयोग्यता प्रमाणित छ । शासन प्रणाली सफल बनाउन शासकिय योग्यता अत्यावश्यक छ । शासन प्रणाली बलियो भएपनि यदि शासकिय अयोग्यता रहन्छ भने जनताको अधिकार, सेवा र विकास सबै प्रभावित हुन्छन्। त्यसैले, शासन सुधार गर्न नीतिगत मात्र होइन, कार्यन्वयन, पारदर्शिता, जवाफदेहिता, र दक्ष जनशक्ति विकासमा पनि जोड दिनु आवश्यक हुन्छ ।

    शासन र आसन

    राज्यका दिन शासक, शासित र चेतनाले प्रभाहित हुन्छ । जहाँ सत्तामा बसेका व्यक्ति वा समूहले राज्यको शक्ति, स्रोत र कानुनको दुरुपयोग गरेर आफ्ना व्यक्तिगत वा गिरोहगत स्वार्थ पूरा गर्छन । यसमा सरकारकै संरचना र निर्णय प्रक्रियामा अपराध र भ्रष्टाचार गहिरो रूपमा मिसिएको हुन्छ । शासनमा बसेकाहरूले कानुनको गलत प्रयोग मार्फत शक्ति दुरुपयोग गर्छन् । राज्यको सम्पत्ति आफू अनुकूल प्रयोग गर्ने प्रवृत्तिले भ्रष्टाचार र लुटतन्त्र मच्चाईरहेका हुन्छन । कानुनी उत्तरदायित्वको अभावले अपराधमा संलग्नहरू सजाय पाउँदैनन । न्याय प्रणाली अपराधीको हस्तक्षेप र नियन्तण हुन्छ । ठूला अपराधीहरूलाई सत्ता वा नेताहरूले संरक्षण गरेका हुन्छन । प्रशासनमा आपराधिक गिरोहको प्रभाव निर्णय लिने स्थानहरूमा अपराधीको प्रभाव हुन्छ । जनताको दमन आवाज उठाउनेहरूलाई धम्की, हिंसा वा कानुनी कारबाहीको डर हुन्छ । यसलाई अपराधिक शासन प्रणाली भनिन्छ ।

    हामी शासकिय अयोग्यताको रत्यौली खेलिरहेको भिडतन्त्रात्मक शासन प्रणालीको अधिनस्थ छौ । भिडतन्त्रमा ब्राखा चोर, घडी चोर, जग्गा चोर, सहकारी ठग, मानव तस्कर र नक्कली प्रमाणपत्रको दवदबा हुन्छ । जनताको अर्दचेतनामा शासकिय अपराधिकताको दाई चलेको हुन्छ ।

    अपराधिक शासन प्रणाली राजनीतिक अस्थिरताले जन्माउछ । सत्ता टिकाउने नाममा अपराधीहरूलाई संरक्षण हुन्छ । कमजोर कानुनी संरचनाले कानुन कार्यान्वयन गर्न नसक्ने वा भ्रष्ट न्याय प्रणालीको विकास गर्दछ । लोकतान्त्रिक अभ्यासको कमजोरीमा जनताको निगरानी कमजोर, प्रेस स्वतन्त्रता नहुने हुन्छ । शिक्षा र चेतनाको कमीले जनताले सरकारको गतिविधि बुझ्न नसक्ने अवस्था हुन्छ । सुरक्षा संयन्त्रको दुरुपयोगले सेना, प्रहरी सरकारको निजी सुरक्षाकर्मी जस्तै बनेका हुन्छन ।

    अपराधिक शासन प्रणालीले विकासमा बाधा पुर्याई स्रोतको दुरुपयोग, योजना अधुरा हुन्छन । जनताको सरकारप्रति भरोसा हराई विश्वासको संकट विकास हुन्छ । सामाजिक अन्याय अत्याधिक हुन्छ । अपराधीहरू उन्मुक्त र निर्दोष पीडित हुन्छन । राजनीतिक द्वन्द्व र हिंसा सत्ताको लागि हिंसात्मक हुन्छ । अन्तर्राष्ट्रिय छवि कमजोर भई लगानी घट्छ, कूटनीतिक सम्बन्ध कमजोर हुन्छ ।

    नेपालमा अपराधिक शासन प्रणाली अधिनस्थ देखिन्छ । राजनीतिज्ञहरूसँग अपराधीहरूको मिलोमतो, सार्वजनिक ठेक्कामा कमिशन, सेटिङ, घुस, कानुन कार्यान्वयन निकायको राजनीतिक प्रयोग, भ्रष्टाचारको उजुरीमा अनुसन्धान नहुनु र संविधानविपरीत अधिकारको दुरुपयोगको प्रचुरता नेपालको शासन प्रणालीको कवज बनेको छ । अपराधिक शासन प्रणाली कुनै राष्ट्रका लागि खतरा हो । जसले लोकतन्त्र, समृद्धि र मानव अधिकार सबैलाई कमजोर पार्छ । यस्तो शासन रोक्नका लागि कानुनी राज्य बलियो बनाउने, स्वतन्त्र न्याय प्रणाली, प्रेस स्वतन्त्रता, नागरिक सचेतना, पारदर्शिता र जवाफदेहिता अनिवार्य बनाउनु अत्यावश्यक हुन्छ । तर शासनमा अयोग्य र अनैतिक साथै आसन अर्दचेतनाले सम्भावनालाई न्यून बनाई दिएको छ ।  नेपालको शासन दर्जन, आयतित, आतंकवादी सम्हारयुक्त छ । जनताको आसन अर्दचेतनाको कलोवादी छ ।

    भिडतन्त्रमा लुटतन्त्र

    सत्तामा रहेका व्यक्ति वा समूहहरूले जनताको सम्पत्ति, स्रोतसाधन, वा सरकारी कोषको दुरुपयोग गरी आफ्नो व्यक्तिगत लाभका लागि लुट्ने कार्य लुटतन्त्रात्मक शासनमा मात्र सम्भव हुन्छ । लुटतन्त्रात्मक शासनमा भ्रष्टाचारको चरम स्तर माथी हुन्छ । सत्तामा बसेका नेताहरू र उच्च पदस्थ अधिकारीहरूले भ्रष्टाचारमार्फत सार्वजनिक सम्पत्ति आफ्नो व्यक्तिगत सम्पत्तिमा रूपान्तरण गर्छन् । जनताको अधिकारको अवहेलना हुन्छ । जनताको आवश्यकता, अधिकार, र सेवाहरूलाई बेवास्ता गरिन्छ, र राज्य संचालनमा जनताको सरोकारमा ध्यान दिइँदैन। स्रोतसाधनको व्यक्तिगत लाभमा दोहन: प्राकृतिक स्रोतहरू (जस्तै: खानी, जंगल, जलस्रोत आदि) लाई जनहितभन्दा बढी शासक वर्गले व्यक्तिगत लाभका लागि प्रयोग गर्छन् । वैदेशिक सम्पत्ति सञ्चय हुन्छ । लुटिएको सम्पत्तिलाई विदेशी बैंक खाताहरू वा अफशोर कम्पनीहरूमा राखिन्छ । लोकतान्त्रिक संस्थाहरूको क्षय हुन्छ । स्वतन्त्र प्रेस, न्यायपालिका, र निगरानी संस्थाहरू कमजोर पारिन्छन् जसले शासनलाई जवाफदेही बनाउनु पर्ने हो । लुटतन्त्रका उदारण हेर्दा मोबुतु सेसे सेकोले ज़ाएर अहिलेको कङ्गो, फर्डिनान्ड मार्कोसले फिलिपिन्समा मच्चाएका थिए । यी नेताहरूले राज्यको धन ठूलो परिमाणमा व्यक्तिगत रूपमा लुटेको आरोपमा चिनिएका छन्।

    शासकिय आपराधिकता

    शासकिय आपराधिकता शासनसंग जोडीएको हुन्छ । शासन प्रणालीभित्र शासन गर्ने संस्था वा व्यक्तिहरूले कानुन, नैतिकता र जनताको अधिकारहरूको उल्लंघन गरी अनैतिक, भ्रष्ट, वा अवैध कामहरू गर्ने अवस्थाले शासन प्रणालीको शुद्धता, प्रभावकारिता र जनविश्वासलाई गम्भीर रूपमा क्षतिग्रस्त बनाउँछ।

    शासन गर्ने निकाय वा शासकहरूले सत्ता, स्रोत र कानुनको दुरुपयोग गर्नु, भ्रष्टाचार, घुसखोरी, अन्धाधुन्ध अधिकार प्रयोग, मनोमानी निर्णय, कानुनी र नैतिक सीमाभन्दा बाहिर गएर जनतामाथि अन्याय गर्नु, सरकारको संरचनामा अपराधी तत्वहरूको संलग्नता र जनताको अधिकार हनन गरी दमन, शोषण र अन्याय बढाउनु नै शासन प्रणालीको आपराधिकता हो ।

    शासन प्रणालीको आपराधिकता राजनीतिक स्वार्थबाट जन्म हुन्छ । व्यक्तिगत वा समूहगत फाइदा लिन सत्ताको दुरुपयोग हुन्छ । कमजोर कानुनी संरचना कडा नहुनु वा कानुन कार्यान्वयनमा कमजोर हुन्छ । पारदर्शिताको अभाव भई निर्णय प्रक्रियामा पारदर्शिता हुदैन । उत्तरदायित्वको कमी रही शासक वा प्रशासन जवाफदेही हुदैन । नागरिक सचेतनाको अभाव हुन्छ । जनताले शासन प्रणालीमा ध्यान नदिनु वा चुप बसिरहेका हुन्छन ।

    भ्रष्टाचार (सार्वजनिक पदमा बसेकाले घुस, अनियमितता, अवैध लाभ लिने), शक्ति दुरुपयोग (कानुन, नियम विपरित आफ्नो स्वार्थमा शक्ति प्रयोग गर्ने), कानुन बिथोल्ने कार्य (कानुनलाई आफ्नो स्वार्थ अनुसार मोड्ने वा कानुनलाई कमजोर पार्ने), न्यायमा हस्तक्षेप (अदालत वा कानुनी निकायलाई दबाब दिने वा प्रभावित गर्ने) जनताको दमन (विरोध गर्ने, आलोचना गर्नेहरूलाई धम्काउने, गिरफ्तार गर्ने, कुटपिट गर्ने) कार्यले शासन प्रणालीमा आपराधिकता रहेको प्रमाणिकता दिन्छ । यसको परिणामले गर्दा सरकारी सेवामा कमी र असफलता, न्याय प्रणालीको कमजोर, सामाजिक असमानता र विभाजन, आर्थिक विकासमा बाधा, जनतामा असन्तुष्टि र अविश्वास, राजनीतिक अस्थिरता र हिंसा बढेको छ ।

    सार्वजनिक ठेक्कामा भ्रष्टाचार, राजनीतिक संरक्षण पाएको अपराधीहरूको प्रभाव, प्रशासनिक निकायमा अनियमितता, विरोधी आवाज दबाउने प्रवृत्ति र कानुनी प्रक्रियामा ढिलासुस्ती र पक्षपातले नेपालमा शासन प्रणालीमा आपराधिकता छ भन्नुमा कुनै गल्ती हुदैन । शासन प्रणालीमा आपराधिकता हुन नदिनका लागि कडा कानुनी कारबाही र स्वतन्त्र न्याय, पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता, प्रेस स्वतन्त्रता र नागरिक सहभागिता, शासकहरूको नैतिकता र योग्यता विकास र नागरिक सचेतना र सामाजिक निगरानी चाहिएको छ तर कसैले गरेको छैन ।

    भ्रष्टातान्त्रिक शासन प्रणाली

    भष्टातान्त्रिक शासन प्रणाली भन्नाले यस्तो शासन प्रणालीलाई जनाइन्छ जहाँ शासन गर्ने निकायहरू भ्रष्टाचारमा डुब्दछन् र सरकारी स्रोत, शक्ति तथा कानुनको दुरुपयोग गरेर आफ्नो व्यक्तिगत वा समूहगत स्वार्थ पूरा गर्छन् । यसले शासन प्रणालीको मुख्य उद्देश्य जनताको सेवा र समृद्धि लाई कमजोर पार्छ ।

    सरकारी निर्णय, ठेक्का, नियुक्ति, सेवा वितरणमा घुसखोरी र अनियमिततामा व्यापक भ्रष्टाचार छ । सार्वजनिक स्रोतलाई निजी लाभका लागि प्रयोगले शक्ति र स्रोतको दुरुपयोग गरेको छ । भ्रष्ट अधिकारी वा नेताहरू सजाय नपाउने अवस्थाले उत्तरदायित्वको अभाव पुष्टी गर्दछ । भ्रष्टाचारको संरक्षण गर्न न्याय र प्रशासनमा दबाबले न्याय र प्रशासनमा हस्तक्षेप रहेको छ । सरकारी निकायप्रति जनताको अविश्वास र असन्तुष्टि छ । नीति निर्माण र कार्यान्वयनमा जनताको सहभागिता नभई जनसहभागितामा कमी आएको छ ।

    कमजोर कानुनी र संस्थागत संरचना, पारदर्शिताको अभाव, राजनीतिक इच्छाशक्तिको कमी, न्यून नैतिक मान्यताहरू र सामाजिक संस्कार र कमजोर अनुगमन र नियन्त्रण प्रणालीले विकास योजनाहरू अधुरा वा बेकार, सेवा वितरणमा असमानता र कमजोरी, आर्थिक वृद्धिमा बाधा, सामाजिक असमानता र असन्तोष र अन्तर्राष्ट्रिय छवि कमजोर बनाईदिएको छ । नेपालकमा यसैको परिणाम सार्वजनिक निर्माण ठेक्कामा अनियमितता, राजनीतिक संरक्षणमा भ्रष्टाचार, सरकारी सेवामा घुस र सिफारिस र सरकारी अधिकारीहरूको अनुत्तरदायित्व बढिरहेको छ ।

    भष्टातान्त्रिक शासन प्रणालीलाई अन्त्य गर्नकालागी कडा कानुनी व्यवस्था र यसको प्रभावकारी कार्यान्वयन, पारदर्शिता र नागरिक सहभागीता बढाउनु, स्वतन्त्र न्याय प्रणाली र प्रेस स्वतन्त्रता, शासक तथा प्रशासनिक निकायहरूको जवाफदेहिता सुनिश्चित गर्नु पर्दछ तर सम्भव छैन ।

    अयोग्यतामा नेपाल

    नेपाली पासपोर्ट विश्वको सबैभन्दा कमजोर छ । नेपाली जनताको डाटा बेच्ने नयांको रुपमा सत्ता तथा सत्ता बाहिर हुदा समेत जनठगमा निलो खुर्तुके लिएर उम्लिरहेका छन । नेपाली जनता २७ खरवमा बेचिरहदा निरोले मुरलीमा लिएको आनन्द सरह उखाने रमाईरहेको छ । शासकिय नेत्तृत्वका कार्यकर्ता पुजीवादी यौनलिलाको उन्मुक्तिमा राग लिई रमाईरहेको छन । गणतन्त्र कान्डेतन्त्रमा उल्देलित छ । राजनीतिक दबाबले ‘अपराध’ उन्मुक्तिमा हसिरहेको छ । गृहयुद्ध र हिंसात्मक घटनाहरू जिवित छन तर सम्वोधित छैनन । बदरमुडे बस बम विस्फोट, चिसापनी बलात्कार, चेली चराउने सयौ घटना हराईरहेका छन । नेपालमा हुएले १० बर्षे कर्गिटल गुमनाम बनेको छ । पीडित र बेपत्ता ठहरका घटना हराएका छन । न्याय अधिकारमा निर्मला पन्तको बलात्कार र हत्या, अर्जुन बहादुर लामाको अपहरण र हत्या आरोप चुनौति बनेको छ ।

    हालको परिस्थिति प्रवर्तन, तस्करी र भ्रष्टाचारमा छ । बैंकिङ वा सामाजिक अपराध, नार्कोटिक्स–तस्करी, मानव तस्करी र अपहरण बढेको छ । नेपाली जगत बालुवाटार, गिरिबन्धु, एनसेल, धमिजा, वाईड बढी, नक्कली भुटानी, भिजिट भिसा, सहकारी ठगहरु हासिरहदा लाज लजाएको र गन्ध दुर्गन्धित भईरहेको छ । अपराधमा शासक र प्रशासक बिच नङ मासु तथा प्राण र शरिर सरह उभिएको छ ।

    सेनामा विश्वको सबैभन्दा बढी भष्टाचार छ । सिपाही रगत पसिना र आसुबाट सन्चित सेनाको कल्याणकारी कोष राज्यका उच्च पदोसोपानका लागी रक्सी मासुको स्रोत्र बनेको छ । सेनापतिको नागरिकता र जन्ममिति विवाद छ तर कल्याणकारी कोषले समाधान गरेको चित्र छ । मलद्दारबाट रगत बगेका र अगाडीको दात नभएकाले माक्स लगाउने जर्नेल छन । बहु जन्ममिति नक्कली प्रमाणपत्र भष्टाचार सेनाको पहिचान बनेको छ । भष्टाचारमा सम्धी प्रणाली प्रभुराम शर्माको वषेश योगदान छ । छानविन गर्ने हैसियत गणतन्त्रमा छैन ।

    शासकिय अयोग्यतामा रहेको देश नपालमा राजनीतिक, आर्थिक, सामाजिक र संस्थागत रूपमा गहिरो असर पार्दै आएको छ। नेपालमा खासगरी लोकतन्त्रको नाममा भावनात्मक भीड़को दबाबमा लिइने निर्णय, अस्थिर अनैतिक नेतृत्व, र अनैतिक  प्रशासनिक आगमा अयोग्य नेताहरूको प्रभुत्व ले नकारात्मक परिणाम मात्र जन्माएका छन ।

    भिडतन्त्रको अयोग्यतामा नेपालले नीति निर्माणमा अव्यवस्था स्थापित गरेको छ । दीर्घकालीन सोचको अभाव र नीति बनाउँदा विशेषज्ञभन्दा भीड़को मतलाई प्राथमिकताले नीति पटक–पटक बदलिने, कार्यान्वयन असफल, अनिश्चितता बढ्ने परिणाम ल्याएको छ । आर्थिक अस्थिरताले मुखलाई मलद्दार बनाउने निति लिन बाध्य बनाइको छ । माग पूरा गर्न नसक्ने नारा दगाउन जनता बाध्य छन । उद्योग, लगानी, वैदेशिक रोजगारमैत्री नीति कमजोरको परिणाम बेरोजगारी बढ्ने, वैदेशिक लगानी घट्ने, महँगी र कालोबजारी बढेको छ ।  संस्थागत कमजोर बनाउने प्रवृत्तिले संसद्, अदालत, आयोगजस्ता संवैधानिक संस्थाहरूलाई सार्वजनिक दबाबमा निर्णय गर्न बाध्य बनाएको छ । संवैधानिक प्रक्रिया र विधिको उपेक्षा गरि योग्य व्यक्तिको सट्टा लोकप्रिय भीड़–प्रिय अनुहारहरूको नियुक्तिले प्रणालीमा विश्वासको ह्रास, दीर्घकालीन अस्थायित्व परिणाम ल्याईदिएको छ ।

    भिडतन्त्रको अयोग्यताले सामाजिक विभाजन र असहिष्णुता कायम गरी जात, क्षेत्र, भाषा, धर्मको आधारमा भीड़ तयार पारेर सत्ता प्राप्त गर्ने, वास्तविक समस्या समाधानभन्दा पहिचान राजनीति हावी गरी  सामाजिक द्वन्द्व, जातीय ध्रुवीकरण, एकताको विघटनको परिणाम अन्मुख भईरहेको छ । मौलिक अधिकार दमन र अभिव्यक्ति स्वतन्त्रताको नास गरी भीड़को समर्थन नपाउने विचारलाई दबाउने प्रवृत्ति र “भीड़को चाहना नै राष्ट्रको चाहना” भन्ने गलत मान्यता स्थापित गर्दा विवेकशील बहस हराउने, भयको वातावरण सिर्जना हुने गरेको छ ।

    शासकीय अयोग्य नेताहरूको चक्रव्यूह चलेको छ । चोर, ठग र ढाटहरु भीड़–समर्थित नारा वा आक्रोशका आधारमा अयोग्य व्यक्तिहरू सत्तामा पुग्ने र नतिजा दिन नसक्ने, फेरि अर्को नारा, अर्को आन्दोलनको दिशामा मुलुक बढिरहेको छ । यसले जनआशा निरन्तर विफल, राजनैतिक वितृष्णा, दक्षता र युवा पलायन तर्फ मुलुकले बलयगाडा चलाईरहेको छ ।

    अन्त

    विश्वको प्रगति आजकादिनमा प्रविधि र कृत्रिम बुद्धिमत्ता (AI) अन्तरगत स्वास्थ्य, शिक्षा, व्यापार, यातायात, अनुसन्धान जस्ता क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएको छ । GPT-4o जस्ता बहुभाषिक, बहु-मोडल AI प्रणालीहरूले मानिसको कामलाई सजिलो बनाएका छन । रोबोटिक्स र स्वचालित गाडीमा तीव्र विकासमा छन्। स्वास्थ्य क्षेत्रको प्रगतिले जीन सम्पादन प्रविधि (CRISPR) को प्रयोग बढ्दै गएको छ। Telemedicine र AI diagnostic tools को विकासले दूरदराजमा पनि स्वास्थ्य सेवा सम्भव भएको छ। धेरै खाले रोगहरूको प्रारम्भिक पत्ता लगाउने प्रणाली विकसित भएका छन्। ऊर्जा र वातावरणमा नवीकरणीय ऊर्जा स्रोतहरू (जस्तै: सौर्य, पवन) को प्रयोग विश्वभर बढेको छ। इलेक्ट्रिक गाडी (EV) को व्यापकता बढ्दै गएको छ। जलवायु परिवर्तन विरुद्ध अन्तर्राष्ट्रिय पहलहरू र हरित प्रविधिको विकास भैरहेको छ। सञ्चार र सूचना प्रविधिमा ५G र अब ६G प्रविधिको विकासले इन्टरनेट स्पीड र पहुँचमा क्रान्ति ल्याएको छ। इन्टरनेट पहुँच अझै बढी सर्वसुलभ हुँदै गएको छ, विशेषगरी अफ्रिका, एशियाका ग्रामीण क्षेत्रमा पुगेको छ । शिक्षा र डिजिटल पहुँचले Online learning platforms (जस्तै: Coursera, Khan Academy) को माध्यमबाट उच्च गुणस्तरीय शिक्षा सबैलाई उपलब्ध भएको छ। AI शिक्षक, अनलाइन कोर्स, र डिजिटल सामग्रीले सिकाइलाई सहज र किफायती बनाएको छ। अन्तरिक्ष अनुसन्धानमा SpaceX, NASA, China National Space Administration आदि संस्थाहरूले चन्द्रमा, मङ्गल ग्रह मा मानवीय मिसनको तयारी गरिरहेका छन्। Private space tourism को शुरुवात भइसकेको छ। अर्थतन्त्र र व्यापारमा डिजिटल मुद्राहरू (जस्तै: CBDCs, Stablecoins) को विकास भएको छ। ई–व्यापार र रिमोट वर्कले ग्लोबल वर्कफोर्स लाई फेरिएको छ। समग्रमा विश्वले धेरै क्षेत्रमा प्रगति गरिरहेको छ, तर जलवायु संकट, डिजिटल विभाजन, राजनीतिक द्वन्द्व र आर्थिक असमानता जस्ता चुनौतीहरू अझै पनि छन्।

     

    तर गणतन्त्रान्त्रिक शासकीय योग्यता ८ कक्षाको उखाने परिक्षामा रुमलिएको छ । पियन हुन नसक्ने प्रधानमा आसिन छ ।  भुस्याह योग्यताको जगमा नेपाल र नेपालीलाई जमानतमा राखी २७ खरवको धितो जमानी राखीएको छ । विजुली समेत सेटिङमा आउने जाने गर्दछ । कक्षा ८ मा अध्यनरत शासकलाई १२ कक्षाका खुर्तुकेले शासन सिकाईरहेका छन । अल्फा जेनेरेशन विदेशमोहमा छ । मिलिनियम जेनेरेसनको अर्दचेतनाले दलालले मुखबाट गरेको दर्गन्ध सुघेर बसिराखेको छ । पत्याई दिएको छ । यो नै हाम्रो शासकिय योग्यता र नेतिकता बनेको छ । शासकिय अयोग्यता र अनैतिकताले संविधान, प्रक्रिया र योग्यता चिन्दैन । भीड़को भष्ट चाप, नातावादी भाव र अल्पकालीन लोकप्रियता चिनेको छ । बुझेको छ । जानेको छ । यसरी शासकीय अयोग्यता र अनैतिकता जब भीड़तन्त्रको आधारमा शासन गर्छ, तब देश अल्पकालीन भीड़को सन्तुष्टिकरणमा अल्झिन्छ र दीर्घकालीन संस्थागत विकास ठप्प रही टपरीवादी नक्कली यात्रामा लम्किन्छ भने दुर्जन, आयतित र आतंकवादी संम्हार यात्राको धनयुद्दको गणतन्त्र अवस्य गोबरवादी र मलमुत्रवादी शासकिय योग्यता, कलोवादी  हैसियत र टपरिवादी हर्कतले कहा पुर्याउला जनार्दन ।

     

     

    • #कहाँ पुर्याउला जनार्दन ?
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    एकीकृत समाजवादीका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक तय

    कैलाली कारागारमा फेरि झडप, एकको मृत्यु, ४७ घाइते

    बागमती कांग्रेसका १४ सांसद असन्तुष्ट, काठमाडौंमा आज बैठक बस्दै

    त्रिवि क्रिकेट मैदानको प्रगति विवरण दिन संसदीय समितिको निर्देशन

    दिल्लीबाट ४० नेपाली महिला उद्धार

    सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला करिव २ लाख पुग्यो

    ताजा समाचार
    १

    एकीकृत समाजवादीका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक तय

    २

    कैलाली कारागारमा फेरि झडप, एकको मृत्यु, ४७ घाइते

    ३

    बागमती कांग्रेसका १४ सांसद असन्तुष्ट, काठमाडौंमा आज बैठक बस्दै

    ४

    त्रिवि क्रिकेट मैदानको प्रगति विवरण दिन संसदीय समितिको निर्देशन

    ५

    दिल्लीबाट ४० नेपाली महिला उद्धार

    ६

    सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला करिव २ लाख पुग्यो

    ७

    ‘छमछमी नाचौंन’मौलिक तीज गीत सार्वजनिक

    ८

    अनलाइन सञ्चारमाध्यम स्थानीय प्रशासनबाट दर्ता गर्ने व्यवस्थाप्रति महासंघको आपत्ति

    ९

    केदारनाथ अधिकारीलाई अमेरिकी विश्वविद्यालयबाट मानार्थ विद्यावारिधी

    १०

    कहाँ पुर्याउला जनार्दन ?

    समाचार
    थप

    एकीकृत समाजवादीका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक तय

    कैलाली कारागारमा फेरि झडप, एकको मृत्यु, ४७ घाइते

    बागमती कांग्रेसका १४ सांसद असन्तुष्ट, काठमाडौंमा आज बैठक बस्दै

    त्रिवि क्रिकेट मैदानको प्रगति विवरण दिन संसदीय समितिको निर्देशन

    खबर बिशेष
    थप

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution