काठमाडौं : नेपाली बजारमा सुनको मूल्य पुनः रेकर्ड बनाउँदै २ लाख रुपैयाँ नजिक पुगेको छ।
शुक्रबार सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ९९ हजार ४ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको हो। सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ । शुक्रबार चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भई २ हजार ३२५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी २ हजार ३१५ रुपैयाँमा किनबेच भएको थियो ।