कैलाली : कैलाली जिल्ला कारागारमा शुक्रबार राति पुनः झडप हुँदा एक जनाको मृत्यु भएको र ४७ जना घाइते भएका छन्।
मृतक धनगढी-४ का ४० वर्षीय भरत चौधरी लागुऔषध मुद्दामा थुनामा थिए। राति ११ बजे भएको झडपमा सख्त घाइते भएका चौधरीलाई सेती प्रादेशिक अस्पताल पुर्याइएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतकको शव अस्पतालको शवगृहमा राखिएको छ।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ भने सबैको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। बिहीबार पनि सो कारागारमा झडप हुँदा ५ जना घाइते भएका थिए। लगातारको झडपका कारण कारागारको सुरक्षा अवस्था बारे प्रश्न उठेको छ।