काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तान भ्रमणका गतिविधिबारे बुधबार संघीय संसद्लाई जानकारी गराएका छन्।
प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको (एलएलडिसी) तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागिताबारे विस्तृत विवरण प्रस्तुत गरेका हुन् । साउन १८ गते मध्यराति त्यसतर्फ प्रस्थान गरेका ओली साउन २३ गते स्वदेश फर्किएका थिए।
नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन यही साउन २० देखि २३ गते तुर्कमेनिस्तानको अवाजा सहरमा भएको थियो। सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोका अध्यक्षका रूपमा ओलीले सम्बोधन गरेका थिए। भ्रमणका क्रममा उनले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख र संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।