काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालको डल्लुस्थित निवासमा विभिन्न वामपन्थी पार्टीका नेता वाम एकता र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
छलफलमा एकीकृत समाजवादीका नेता खनालसहित स्थायी कमिटी सदस्य साध्यबहादुर भण्डारी, केन्द्रीय सदस्य केदार सन्जेल र रामेश्वर श्रेष्ठ सहभागी थिए। अन्य वाम दलबाट अखिल नेपाल कम्युनिस्ट पार्टीका नेता नारायण शर्मा र लक्ष्मण उप्रेती, क्रान्तिकारी कम्युनिष्ट पार्टीका रामबहादुर बुढा र सन्तबहादुर नेपालीलगायतको उपस्थिति थियो।
एकीकृत समाजवादीले हाल वामपन्थी शक्तिहरूबीच सहकार्य र एकताका लागि सक्रिय छलफल गरिरहेको छ। पार्टी अध्यक्ष माधव नेपालको नेतृत्वमा माओवादी केन्द्रसहितका वाम घटकबीच पनि निरन्तर संवाद भइरहेको बताइएको छ ।