काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र सचिवलाई नयाँ र युगान्तकारी (गेम चेन्जर) काम गर्न निर्देशन दिएका छन्।
सिंहदरबारमा बिहीबार आयोजित मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदान–प्रदान कार्यक्रममा उनले उत्पादकत्व वृद्धि र गरिबीको दुष्चक्र तोड्न तीव्र गतिमा काम अघि बढाउन आग्रह गरेका हुन् । प्रधानमन्त्रीले दैलेखको मिथेन ग्यास परीक्षण उत्पादन, व्यावसायिक भैँसीपालन, अग्र्यानिक खेती, सामाजिक सञ्जाल नियमन, रंगशाला निर्माण, राष्ट्रिय खेलकुद आयोजना, अन्तरिक्षमा अर्बिट उपयोग, रेल सञ्चालन, सेक्युरिटी प्रेस, ठूला पूर्वाधार आयोजना र योग-आरोग्यता अभियानलाई प्राथमिकता दिन निर्देशन दिए।
प्रधानमन्त्री ओलीका अनुसार ‘मौलिक र माइलस्टोन’ हुने काम पहिचान गरी आगामी भदौ अन्त्यसम्म कार्ययोजना तयार गर्ने सहमति भएको छ।