काठमाडौं : देशव्यापी एक करोड वृक्षारोपणको अभियान ‘एकवृक्ष राष्ट्रको नाममा ‘ दोस्रो वर्षमा प्रवेश गरेको छ ।
भगवती मानव कल्याण संगठनले २०८१ साल श्रावण १ गते पशुपति मन्दिर परिसरबाट शुरु गरेको अभियानलाई तिव्रता दिँदै वृहत वृक्षारोपण कार्यक्रमलाइ निरन्तरता दिएको हो । अभियान दोस्रो वर्षमा प्रवेश गरेकै समय पारेर संगठनले काभेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १ मा रहेको “सानो वन सामुदायिक वन” स्थित भूक्षय गएको क्षेत्र आसपास वृक्षारोपण गरेको हो ।
संगठनका काभ्रेपलाञ्चोक जिल्लाका पदाधिकारीहरु क्रमश नवराज सञ्जेल, मदन पाण्डे, अनु पाण्डे अंकिता दाहाल स्वस्तिका संजेल लगायतको सक्रियतामा भएको कार्यक्रममा स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो। वृक्षारोपणमा स्थानीय जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप न्यूनीकरण, जलवायु परिवर्तन नियन्त्रण, वातावरण सचेतना लगायतको लक्ष्य राखी वृक्षारोपरण गरिएको संगठनका सचिव विपी कोइरालाको भनाइ छ ।
नाम सानो वन भएपनि यसले ठुलो एतिहासिक महत्व बोकेको स्थानीय अगुवाहरुको भनाइ छ । गत वर्ष वनमन्त्री ऐन बहादुर शाहीले पशुपति क्षेत्रमा वृक्षारोपण गर्दै उद्घाटन गरेको कार्यक्रम १ वर्षको अन्तरालमा जनजनमा लोकप्रिय बन्दै गएको छ । संगठनले विगत १६ बर्षदेखि नेपालमा भय, भोक र भष्टाचार मुक्त समाज र नशा–मांशाहारमुक्त चरित्रवान समाज निर्माण गर्ने लक्ष्य लक्ष्य अन्तर्गत विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।
संगठनले चलाएको नशामुक्ति अभियानमा हालसम्म ८ हजार परिवारलाई नशामुक्त गरिसकेको संगठनले दाबी गरेको छ । संगठले नशामुक्त नेपाल–समृद्ध नेपालको देशव्यापी अभियान अन्तर्गत अध्यात्मिक अनुष्ठान, पदयात्रा, सचेतना र खबरदारीका विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।