


काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरेको छ।
इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीका आधारमा पेट्रोल प्रतिलिटर दुई रुपैयाँ महँगिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको निगमले जनाएको छ।
नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू भएको हो। मूल्य समायोजनपछि उपभोक्ताले पेट्रोलमा बढी रकम तिर्नुपर्ने भए पनि डिजेल र मट्टितेल प्रयोगकर्ताले केही राहत पाउनेछन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |