काठमाडौं : भारत भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक नालन्दा विश्वविद्यालयको अवलोकन गर्ने भएका छन्।
बोधगयामा हुने द्विपक्षीय वार्तापछि उनी नालन्दामा आयोजित विशेष कार्यक्रममा समेत सहभागी हुने तयारी भएको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ओली भदौ ३१ गते भारत जाँदैछन्। भ्रमणका क्रममा उनीले नालन्दामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डलका लागि बोधगयामा हयात प्यालेस होटल दुई दिनका लागि आरक्षण गरिएको छ।
भ्रमणमार्फत नेपाल–भारतबीचको शैक्षिक तथा सांस्कृतिक आदानप्रदानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। नालन्दा विश्वविद्यालयलाई संसारकै प्राचीन विश्वविद्यालय मानिन्छ।
यसलाई ऐतिहासिक र शैक्षिक दृष्टिले महत्वपूर्ण मानिने भएकाले ओलीको भ्रमणको मुख्य अंशमध्ये एक बन्ने बताइएको छ। भ्रमणमा दुवै देशबीच सहकार्य, सांस्कृतिक सम्बन्ध र शैक्षिक पहललाई अघि बढाउने विषयमा पनि छलफल हुने जनाइएको छ।