


काठमाडौं : नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्ने भएको हो ।
बैठकमा पार्टीको आगामी कार्ययोजना, पोलिटब्यूरो तथा स्थायी कमिटी गठनलगायतका सांगठनिक विषयमा छलफल हुने बताइएको छ ।
बिहीबार सम्पन्न महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको थियो। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बिहीबार नै शपथ ग्रहण गरिसकेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |