काठमाडौँ : श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले भदौ ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ।
यसअन्तर्गत १ लाख ६३ हजार १२५ कित्ता शेयर रुपन्देही र पाल्पाका उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ भने ३ लाख ९ हजार ९३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको छ। न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
उद्योग प्रभावित क्षेत्रका लागि निष्काशन भदौ २५ गतेसम्म र ढिलोमा असोज ९ सम्म रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा भदौ १५ र ढिलोमा भदौ २५ गतेसम्म आवेदन दिन सकिनेछ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको आईपीओलाई इक्रा नेपालले ‘उच्च जोखिम’को रेटिङ दिएको छ।