काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकमा सांसदले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकको कार्यसूचीमा ओलीको जवाफसहित दुई संशोधन विधेयक प्रस्तुत गर्ने तयारी छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव अघि बढाउने कार्यक्रम छ।
त्यस्तै, ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि आजको कार्यसूचीमा समावेश छ।