काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक विभिन्न विषयमा छलफल हुने छ ।
सभापति देउवाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक आह्वान गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकले रुपन्देही-३ मा उम्मेदवार छनोटलगायत विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।