काठमाडौं : ताजिकिस्तानमा जारी एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल समूह चरणमै बाहिरिएको छ। शनिबार समूह ‘के’ अन्तर्गतको खेलमा नेपाल सिरियासँग ४-२ ले पराजित भएको हो ।
दुशान्बेको रिपब्लिकन सेन्ट्रल स्टेडियममा सिरियाले पहिलो हाफमा अग्रता लिए पनि दोस्रो हाफमा निराजन धामी र सुमित श्रेष्ठका गोलले नेपाल २-१ ले अघि बढेको थियो। तर अन्तिम २५ मिनेटमा लगातार तीन गोल गर्दै सिरियाले खेल आफ्नो पक्षमा पारेको हो।
यसअघि पहिलो खेलमा नेपाल आयोजक ताजिकिस्तानसँग ४-० ले पराजित भएको थियो। लगातार दुई हारसँगै नेपाल अंक विहीनै प्रतियोगिताबाट बाहिरिएको छ। सिरिया भने लगातार जितसँगै ६ अंकसहित फाइनल चरणमा प्रवेश गर्ने दावेदार बनेको छ।
नेपालले अब समूह चरणको अन्तिम खेल २४ भदौमा फिलिपिन्ससँग खेल्ने तालिका छ ।