काठमाडौं : जेन जीको आन्दोलन नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर २ पत्रकारसहित केही आन्दोलनकारी घाइते भएका छन्।
नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई रबरको गोली लागेपछि अस्पताल लगिएको छ। त्यस्तै, कान्तिपुर टिभीका श्याम श्रेष्ठ पनि घाइते भएका छन्।
नेपाल प्रेसकर्मी उमेश कार्कीलाई गोलीको छर्राले सामान्य चोट लागेको छ। कार्कीका अनुसार रबरको गोली लागेर केही आन्दोलनकारीहरू समेत घाइते भएका छन्।