काठमाडौं : काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आज बिहानैदेखि युवाहरू भेला हुन थालेका छन्।
सोमबारको जेन जी आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएपछि मंगलबार पनि आन्दोलन जारी रहने संकेत देखिएको छ।
काठमाडौं प्रशासनले बिहान साढे ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । यता जेन जीले भने आफ्नो आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक रूपमा निरन्तर चल्ने स्पष्ट पारेका छन्।