काठमाडौं : जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंगलबारदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेद्वारा जारी आदेशअनुसार भक्तपुरका चारवटै नगरपालिकाभित्र तोकिएका निषेधित क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
प्रशासनले मध्यपुर थिमी, भक्तपुर, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका विभिन्न स्थानलाई निषेधित क्षेत्र तोकेको जनाएको छ। कर्फ्यू आदेश उल्लङ्घन गर्नेहरूमाथि कानुनअनुसार कारबाही हुने चेतावनी समेत प्रशासनले दिएको छ।