काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना व्यक्त गरेका छन् ।
मोदीले सामाजिक सञ्जाल एक्समा आफ्नो अकाउन्टबाट अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीलाई शुभकामना दिएका हुन् । उनले एक्सबाट नेपाली र हिन्दीमा शुभकामना दिएका छन् । प्रधानमन्त्री मोदीले नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाए ।
मोदीले लेखका छन्,‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।