काठमाडौं : अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान ११ बजे पदभार ग्रहण गर्ने भएकी छन्।
उनले गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएर राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएकी थिइन् प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारभित्रै रहेको गृह मन्त्रालयको नयाँ भवनमा व्यवस्था गरिएको छ।
त्यही कार्यकक्षमै कार्कीले पदभार ग्रहण गर्ने तयारी भएको बताइएको छ ।