काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनलाई पूर्ण रूपमा असंवैधानिक र अलोकतान्त्रिक भन्दै कडा आपत्ति जनाएको छ।
पार्टीका उपसभापति पूर्णबहादुर खड्काले ६ बुँदे धारणा सार्वजनिक गर्दै उक्त निर्णय लोकतान्त्रिक प्रणाली र संविधानको मर्मविपरीत रहेको स्पष्ट पारेका हुन् । यसअघि शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले पनि प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै यसको विरोधमा आवाज उठाउने निर्णय गरेको थियो।
त्यस्तै, कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा। आरजु राणा देउवामाथि आफ्नै निवास बूढानीलकण्ठमा भएको सांघातिक आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। कांग्रेसले दोषीलाई तत्काल कारबाही गर्न माग गर्दै, राजनीतिक हिसाबकिताबका लागि हिंसाको प्रयोग अस्वीकार्य रहेको जनाएको छ। पार्टीले देशमा उत्पन्न संवैधानिक संकट समाधान गर्न सबै पक्षलाई संविधानको दायराभित्र रहेर समाधान खोज्न आह्वान गरेको छ।